काठमाडौं, चैत २३ :

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की सांसद खुश्बु ओलीले वैदेशिक ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले भर्खरै गठन भएको नयाँ सरकारले कुनै योजना र नीतिगत बहसबिना वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

संसदीय समिति र उपसमितिहरु समेत गठन नभएको अवस्थामा सरकारले गरेको निर्णय पारदर्शी नहुने सम्भावना रहेको उनको भनाइ छ । उनले वैदेशिक ऋण स्वीकार गर्ने निर्णयप्रति सदनमा सरकारको जवाफ माग समेत गरे । त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेट वितरणमा समेत एकरुपता ल्याउन सरकारको ध्यानाकर्षण गराए ।