
काठमाडौं, चैत २३ :
सभामुख डोलप्रसाद अर्यालले संख्याका आधारमा कुनै दल वा सांसदप्रति भेदभाव नगर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्यालले निष्पक्ष र स्वतन्त्र भएर पदीय गरिमा राखेर काम गर्ने जनाएका हुन्।
‘सबै सदस्यहरु मेरा लागि बराबर हुनुहुन्छ । यस गरिमामय सभाबाट प्राप्त सबैको सुझावलाई तटस्थ भएर कार्यान्वयन गर्नु मेरो परम कर्तव्य हुनेछ, अर्यालले भने, ‘सभामुख निष्पक्ष र स्वतन्त्र भए मात्र यस गरिमामय सभा र सदस्यहरुको ओज बढ्दछ भन्ने कुरामा म विश्वास दिलाउँछु। संख्याकै आधारमा कुनै भेदभाव हुँदैन र हुने पनि छैन।’
जेष्ठ सदस्यको हैसियतमा सदनको जिम्मेवारी वहन गरेक अर्जुननरसिंह केसीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सभामुख अर्यालले संसद सञ्चालनमा सांसदहरुबाट क्रियाशीलता, रचनात्मक सहयोग र समन्वयको अपेक्षा गरेका छन्।