बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार प्रदेश बागमती प्रदेश

हिलोका कारण फुयाँल गाउँ जाने सडक खण्डमा दुर्घटनाको जोखिम

सडकमा माटो थुपार्ने र लापरवाही गर्ने पक्षलाई तत्काल अवरोध हटाउन नगर प्रहरीको चेतावनी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ चैत, २०८२ मा प्रकाशित
हिलोका कारण फुयाँल गाउँ जाने सडक खण्डमा दुर्घटनाको जोखिम
काठमाडौं, चैत २५ :

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ अन्तर्गत पर्ने फुयाँल गाउँ जाने सडक खण्डमा हिलोले दुर्घटनाको जोखिम बढाएको छ।

जग्गा सम्याउने क्रममा सम्बन्धित पक्षले लापरवाहीपूर्वक सडकमा माटो थुपारेपछि वर्षाले उक्त माटो बगाएर हिलो बनेको र त्यसले सडक सुरक्षामा प्रत्यक्ष असर पारेको स्थानीयले बताएका छन्।

यस विषयमा जानकारी प्राप्त हुनासाथ नगर प्रहरीको टोली तत्काल त्यहाँ पुगेर सडकमा थुप्रिएको माटो हटाउन लगाएर केही जोखिम कम गराएको छ। सडक सुरक्षामा असर पुर्‍याउने गरी लापरबाही भएको भन्दै सम्बन्धित पक्षलाई नगर प्रहरीले कडा चेतावनी दिँदै भविष्यमा बाटोमा निर्माण सामग्री नराख्न तथा तत्काल सफा गर्न निर्देशन दिएको छ।

आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन निर्माण कार्यमा संलग्न सबै पक्षलाई अनिवार्य रूपमा सावधानी अपनाउन सचेत गराइएको नगर प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न उक्त क्षेत्रमा हाल विशेष निगरानीसमेत बढाइएको छ। 

विशेषगरी सहरी क्षेत्रमा निर्माण सामग्री सडकमै थुपार्ने प्रवृत्तिले आवागमनमा अवरोध सिर्जना गर्नुका साथै दुर्घटनाको जोखिम बढाउने गरेको  छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार