बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

संविधान संशोधनमा कांग्रेसले खोजेको चार विषयको स्पष्टता के हो ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ चैत, २०८२ मा प्रकाशित
संविधान संशोधनमा कांग्रेसले खोजेको चार विषयको स्पष्टता के हो ?
काठमाडौं, चैत २५ :

नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने कार्यदलमा सहभागी हुनुअघि चार विषयमा प्रष्टता माग गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै कार्यदलको विधि, कार्यक्षेत्र, राजनीतिक उद्देश्य र सरकारको प्रतिबद्धताबारे स्पष्ट नभएसम्म सहभागी नहुने जनाएका छन्।

कांग्रेसले कार्यदलको अधिकार क्षेत्र र भूमिका अस्पष्ट रहेको, संविधान संशोधन जस्तो संवेदनशील विषयलाई सहभागितामूलक र समावेशी बनाउन सरकारको धारणा प्रष्ट हुनुपर्ने, संसदबाहिरका दल तथा विभिन्न पहिचानमुखी समुदायलाई कसरी समेटिन्छ भन्ने स्पष्ट हुनुपर्ने र सरकार तथा नेतृत्वकर्ता दलको संविधानप्रति प्रतिबद्धता खुलाउनुपर्ने माग राखेको छ।

संविधान संशोधनलाई लोकतान्त्रिक प्रक्रिया मान्दै कांग्रेसले आवश्यक परिमार्जनका लागि सहयोग गर्ने जनाएको छ। साथै, व्यापक छलफल र सहमतिका आधारमा मात्र संशोधन अघि बढाउनुपर्नेमा जोड दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार