
काठमाडौं, चैत २६ :
प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ । रुवीकुमारीले निर्धारित समयभित्र उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
उनको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला छन्। दुई तिहाई बहुमत नजिक रहेको रास्वपाले जसलाई समथर्न गर्छ सोही पार्टीका उम्मेदवार सभामुख बन्ने निश्चित छ ।
राप्रपाले आफ्नो पार्टीलाई रास्वपाका सभापति रवि लामिछानेले समर्थन गर्ने आश्वासन दिएको दाबी गरे पनि उम्मेदवारी दर्तासँगै उसको समर्थन श्रम संस्कृति पार्टी रहेको स्पष्ट संकेत मिलेको छ ।