
नेपाल कराते महासंघको तेश्रो साधारण सभा बाराको निजगढमा चैत्र २० र २१ गते सम्पन्न भएको छ ।
कराते महासंघको तेश्रो साधारण सभा प्रमुख अतिधि नेपाल प्रहरीका प्रहरी महानिरिक्षक दान बहादुर कार्कीले गमलामा पानी हालेर उद्धघाटन गरेका हुन् ।
महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा सम्पन्न साधारण सभामा सातै प्रदेशबाट प्रतिनिधि, पर्यवेक्षक र केन्द्रिय समिति गरी करिब २०० खेलकर्मीको सहभागितामा साधारण सभा सम्पन्न भएको महासंघका प्रवक्ता गजेन्द्र खपाङ्गीले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिधि आईजिपी कार्कीले भैझगडा लागुपदार्थ, गुण्डागर्दी जस्ता अनुशासनहिनताका नियन्त्रण गर्न प्रहरीले अप्रेशन चलाउनु परेको बताए ।
साधारण सभाले बार्षिक प्रतिवेदन आयब्यय र आगमी कार्यक्रम बारे छलफल गरी सर्वसम्मतिले अनुमोदन गरेको छ ।
साधारण सभामा एशिया प्यासिफिक सितोरियो कराते महासंघ अध्यक्ष एवम ओलम्पिक कमिटि उपाध्यक्ष दावा गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल कराते महासंघका उपाध्यक्ष देव लामा, सजिन सिंह, प्रामाया मोहन चौवडेल, ओम कुमार प्रसाई, मधेश प्रदेशका डिआजी गोबिन्द कार्की, सदस्य विजय बस्नेत लगायतको उपस्थिति रहेको थियो ।