बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
राजनीति

लेन क्रस प्रकरण: सभामुख अर्यालको तीनवटा गाडी ट्राफिकको कारबाहीमा

पहिलो पटक उच्च पदस्थ व्यक्तिको सवारीमाथि कारबाही
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २ वैशाख, २०८३ मा प्रकाशित
लेन क्रस प्रकरण: सभामुख अर्यालको तीनवटा गाडी ट्राफिकको कारबाहीमा
काठमाडौं, वैशाख २ :

सभामुख डोलप्रसाद (डीपी) अर्याल सवार तीन वटा सवारी साधन ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।

बुधबार थापाथलीबाट सिंहदरबारतर्फ जाने क्रममा लेन क्रस गरेपछि ट्राफिक प्रहरीले सभामुख अर्यालका गाडीलाई कारबाही गरेको हो। ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको जनाएको छ। सभामुखको अगुवापछुवा (एस्कर्ट) मा रहेका सवारी साधनहरूलाई पनि कारबाही गरिएको छ।

यसअघि भीभीआईपी सवारीलाई लेन क्रसमा कारबाही गर्ने अभ्यास कमै देखिएको थियो। तर गृहमन्त्री सुधन गुरुङले ट्राफिक नियम सबैका लागि समान रूपमा लागू हुने स्पष्ट पार्दै भीआईपीका कारण सर्वसाधारणलाई सास्ती नदिन निर्देशन दिएका थिए।

उक्त निर्देशनपछि पहिलो पटक उच्च पदस्थ व्यक्तिको सवारीमाथि यस्तो कारबाही भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार