
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको छ ।
जसअनुसार, मन्त्रीहरूका लागि १८ हजार र सांसदहरूका लागि १६ हजार ५ सय लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।त्यस्तै, स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ ।
यस्तै रास्वपाको मुख्य सचेतकमा कवीन्द्र बुर्लाकोटी चयन भएका छन् । बैठकले बुर्लाकोटीलाई प्रतिनिधिसभा संसदीय दलको मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।त्यस्तै बैठकले सचेतकको जिम्मेवारी प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिने निर्णय गरेको छ ।
बैठकले लेखा समिति बाहेक अन्य ११ वटा संसदीय समितिका सभापतिहरुको नाम पनि टुङ्गो लगाएको उनले जानकारी दिए ।बैठकले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेको बुर्लाकोटीले उल्लेख गरे ।