बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

शिक्षा समितिको सभापतिमा शेरचन निर्वाचित

सबैको राय सुझाव लिएर समितिलाई अघि बढाउने प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ वैशाख, २०८३ मा प्रकाशित
शिक्षा समितिको सभापतिमा शेरचन निर्वाचित
काठमाडौं, वैशाख ४ :

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी सांसद ओजस्वी शेरचन निर्वाचित भएकी छन् ।

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा शेरचनलाई निर्वाचित गरेको हो । सभापति पदका लागि रास्वपाका शेरचन र एमालेका सांसद गुरु प्रसाद बरालको मनोनयन दर्ता भएको थियो । शेरचनलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने पहिलो प्रस्ताव बहुमतले स्वीकृत भएपछि समितिका ज्येष्ठ सदस्य महावीर पुनले निर्वाचित भएको घोषणा गरेका हुन्।

समितिको समितिमा निर्वाचित भएपछि सभापति शेरचनले सबैको राय सुझाव लिएर समितिलाई अघि बढाउने बताइन्। समितिमा विषयविज्ञहरु नै सदस्यको रुपमा रहेकाले समितिलाई प्रभावकारी बनाउन थप सहज हुने उनको भनाइ छ । सभापति शेरचन समितिमा सत्तापक्ष र प्रतिपक्षी भन्दा पनि देश र जनताको पक्षमा जायज विषयलाई मिलेर अघि बढाउनुपर्नेमा जोड दिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार