बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार खेलकुद क्रिकेट

आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित

सक्रिय न्युज · आइतबार, ६ वैशाख, २०८३ मा प्रकाशित
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
फाइल तस्वीर ।
काठमाडौं, वैशाख ६ :

रुवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

रुवाण्डा क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो । नेपालले जितका लागि दिएको ११३ रनको लक्ष्य पछ्याएको इटलीको पारी १८.४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो । इटालीका लागि दुई ब्याटर बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । इटालीका चथुरिका महामालागेले २२ रन तथा पासिन्दी कनन्केगेले १२ रन जोडिन् ।

बलिङतर्फ नेपालका लागि रुबिना क्षेत्रीले चार, कविता कुँवरले २ तथा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले एक÷एक विकेट लिइन् ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११२ रनको योगफल बनायो । नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४५ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै सम्झना खड्काले १६, बिन्दु रावलले १५ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

बलिङतर्फ इटालीकी एमिलिया बाट्र्रामले तीन विकेट लिइन् । शनिबार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो । इटालीले भने पहिलो खेलमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार