बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक सञ्चालन समय परिवर्तन

अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित हुनेछन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक सञ्चालन समय परिवर्तन
काठमाडौं, वैशाख ७ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक सञ्चालन समय परिवर्तन गरी बन्द रहने अवधि बढाइएको छ। नयाँ व्यवस्था आज रातिदेखि लागू हुनेछ।

अब विमानस्थल हरेक दिन राति ११:४५ बजे बन्द भई बिहान ६:३० बजे मात्र सञ्चालनमा आउनेछ। यसअघि भने बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुने व्यवस्था थियो, जसअनुसार दैनिक करिब ५ घण्टा मात्र बन्द रहने गरेको थियो।

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार नयाँ व्यवस्थाअनुसार बन्द रहने समय बढाइएको हो। विमानस्थलले जारी गरेको नोटाम अनुसार धावनमार्ग नजिकै ट्याक्सीवे ‘ब्राभो’, ‘चार्ली’, ‘क्युबिक’ र ‘रोमियो’ क्षेत्रमा निर्माण कार्य गरिनेछ। सो अवधिभर विमानस्थल पूर्णरूपमा बन्द रहनेछ।

यो निर्णय ७ वैशाख राति ११:४५ बजेदेखि लागू भई जेठ ४ गते बिहान ६:३० बजेसम्म कायम रहनेछ। हरेक दिन सोही समयावधिमा उडान बन्द गरिने हुँदा विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित हुनेछन्। विशेषगरी खाडी मुलुक, भारत र टर्कीतर्फका उडानहरूको समय तालिका परिवर्तन गरिएको छ।

यसअघि पनि पूर्वाधार विस्तारका क्रममा विमानस्थलमा विभिन्न चरणमा उडान समय सीमित गरिएको थियो। विमानस्थलमा सन् २०२६ पछि वार्षिक करिब १ करोड यात्रुलाई सेवा दिने लक्ष्यसहित पूर्वाधार विस्तारका काम तीव्र गतिमा अघि बढिरहेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार