नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण फिर्ताको कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकपछि अनुशासन समितिका संयोजक तारामान गुरुङले स्पष्टीकरण सोध्ने यसअघिको निर्णय फिर्ता लिने विषयमा छलफल नभएको बताए । उनले खड्कालाई सात दिने स्पष्टीकरण सोधेको सोमबार पाँच दिनमात्रै भएको उल्लेख गरे ।
अनुशासन समितिले पार्टीको विधान अनुसार प्रक्रियागत ढंगले काम गरिरहेको भन्दै फिर्ता लिने कुनै कुरा नभएको उनको भनाइ छ । उनले पार्टीको विधान भन्दा तल माथि गर्ने अधिकार आफूहरुसँग नरहेको र स्पष्टीकरणको सात दिन नपुग्दा सम्म यस बिषयमा अरु केही जवाफ दिन नसक्ने स्पष्ट पारे ।
उनले अनुशासन समितिले व्यक्ति भन्दा पनि पार्टीलाई अनुशासित र मर्यादित ढंगले अघि बढाउन ध्यान केन्द्रीत गरेको धारणा समेत राखे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक