काठमाडौै, वैशाख ७ :

भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री बनेका छन् । सोमबार बसेको रास्वपा केन्द्रीय समितिले शाहलाई महामन्त्रीमा मनोनित गरेको हो। 

उनी प्रधानमन्त्री बालेन्द्र शाहलाई स्थापित बनाउन निर्णायक भूमिका खेलेका मुख्य व्यक्ति मानिन्छन्। उनले २०७१ सालमा उज्जवल थापा नेतृत्वको तत्कालीन विवेकशील दलमार्फत वैकल्पिक राजनीतिको औपचारिक यात्रा सुरु गरेका थिए।

बालेन काठमाडौँ महानगरपालिकाको मेयरको यात्रामा भूपदेवले सक्रिय भूमिका निर्वाह गरे। बालेन मेयर बनेपछि भूपदेवलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिए।  प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका भूपदेवलाई रास्वपाले महामन्त्री चयन गरेको हो। 

यसैगरी रास्वपाले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनित गरेको भ । यस्तै, पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले सङ्घीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई मनोनित गरेको छ । बैठकमा सभापति रवि लामिछाने प्रस्ताव गरेको उक्त प्रस्तावहरु  केन्द्रीय समितिबाट अनुमोदन गरिएको हो । रास्वपाले विद्यमान लेबीको व्यवस्था परिमार्जन गर्दै सांसदको १५ हजार रुपैयाँ, मन्त्रीको १८ हजार रुपैयाँ र स्वकीयको दुई हजार रुपैयाँ कायम गरेको छ ।