
काठमाडौं, वैशाख ९ :
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको टिप्पणी गरेका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीमाझ प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो गरेको टिप्पणी गरे ।
गृहमन्त्रीले राजीनामा दिएको विषयमा के भन्नुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले जे गरे, राम्रो गरे भन्दै प्रतिक्रिया दिए । विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन् ।