आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

सरकारी विज्ञापनका सम्बन्धमा सिडीओ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघको ज्ञापनपत्र

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय विभेदकारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १० वैशाख, २०८३ मा प्रकाशित
सरकारी विज्ञापनका सम्बन्धमा सिडीओ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघको ज्ञापनपत्र
काठमाडौं, वैशाख १० :

नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णयविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।बिहीबार महासंघका काठमाडौं लगाएत सबै जिल्ला शाखा मार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय विभेदकारी भएको भन्दै महासंघले दबाबमूलक अभियान सञ्चालन गरिरहेको छ ।

उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक प्रवन्ध, खुला अर्थ नीति र संघीयताको मर्मविपरित भएको महासंघको ठहर रहेको छ । वैशाख १५ दबाबमूलक कार्यक्रम घोषणा गरेको महासंघले माग पूरा नभए दबाबका कार्यक्रमको समीक्षा गरी थप आन्दोलित हुने जनाएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार