बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश गण्डकी प्रदेश

पोखराका पाँच ठाउँमा प्रहरीको ‘स्वीप अपरेसन’, १२२ जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १० वैशाख, २०८३ मा प्रकाशित
पोखराका पाँच ठाउँमा प्रहरीको ‘स्वीप अपरेसन’, १२२ जना पक्राउ
कास्की, वैशाख १० :

जिल्ला प्रहरी कार्यालय, कास्कीले गएराति पोखराका पाँच ठाउँमा ‘स्वीप अपरेसन’ चलाएको छ । सो अपरेसनका क्रममा अवैध गतिविधि गर्ने १२२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।

रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पु-याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्नेलाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेले बताए ।  

“पक्राउ परेकामध्ये ८२ जनाले लागुऔषध सेवन गरेको पाइएको छ, केहीको साथमा गाँजासमेत फेला परेको छ”, उनले भने, “बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा एकैसाथ स्वीप अपरेसन सञ्चालन गरिएको थियो ।”

बैदाम क्षेत्रबाट ३९ जना, राजबजार क्षेत्रबाट ४० जना, शिशुवाबाट २० जना, बगरबाट १२ जना र जिप्रका आसपासबाट ११ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले ‘स्वीप अपरेसन’ चलाएको हो ।

गए राति पक्राउ पर्ने सबै पुरुष र त्यसमध्ये अधिकांश युवा उमेर समूहका रहेको उनको भनाइ छ । केही दिनअघि लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने र ठगी गर्ने महिलाहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार