सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ११ वैशाख, २०८३ मा प्रकाशित
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
धनुषा, वैशाख ११ :

मधेस प्रदेशसभाको चालु  अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । मधेस प्रदेश प्रमुखको कार्यालयले आज  विज्ञप्ति जारी गरेर  मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ । मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार