
मुसिकोट, वैशाख १७ :
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् छलेर अध्यादेश ल्याउनु गलत भएको बताएका छन्।
बिहीबार रुकुमपश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री प्रचण्डले अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्र र संवैधानिक मान्यताविरुद्ध भएको बताए।
‘बोलाइसकेको सदनको अधिवेशन रोकेर अध्यादेश ल्याउनु लोकतन्त्रका विरुद्ध छ, उनले भने, यस्तो गल्ती नगर्न हामीले सरकारलाई सावधान पनि गराएका छौँ।’ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुगिसकेकाले अब उनको निर्णय हेर्न बाँकी रहेको पनि प्रचण्डले बताए।