बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
समाचार

बुद्ध जयन्तीका अवसरमा बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमा(आजकै) दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ वैशाख, २०८३ मा प्रकाशित
बुद्ध जयन्तीका अवसरमा बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
काठमाडौं, वैशाख १८ :

पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र बौद्धसहित  काठमाडौँ उपत्यकाका बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

यस अवसरमा बौद्ध क्षेत्रहरूमा विशेष पूजा–आराधना, प्रवचन, दीप प्रज्वलन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धसँग सम्बन्धित अस्तु धातु दर्शनका लागि सार्वजनिक रूपमा राखिएकाले त्यहाँ दर्शनार्थीको लामो लाम लागेको छ ।

साथै बौद्ध गुम्बाहरूमा  भिक्षु तथा भिक्षुणीद्वारा शान्तिपाठ, ध्यान साधना तथा परिक्रमा कार्यक्रम सञ्चालन गरिएको छ । यसैगरी, बौद्धनाथ क्षेत्रमा भक्तजनले दीप प्रज्वलन गर्दै शान्ति र समृद्धिको कामना गरेका छन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको स्मरणमा पूजा, आराधना तथा धार्मिक प्रवचन गरी मनाइन्छ ।

अहिंसा, करुणा र मध्यम मार्गको सन्देश दिएका बुद्धको शिक्षाले विश्व शान्ति स्थापना तथा मानवतावादी मूल्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको मानिन्छ ।

आजभन्दा २५७० वर्षअघि पिता  शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । उनले बोधगयामा ज्ञान प्राप्त गरी सारनाथमा पहिलो धर्मचक्र प्रवर्तन गरेका थिए भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेको इतिहासमा उल्लेख छ ।

यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने विभिन्न संघसंस्था तथा धार्मिक निकायले देशभर शान्ति र सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार