सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार स्वास्थ्य

कागेश्वरी मनोहरा नगर अस्पतालको सेवा आइतबार पनि यथावत्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ वैशाख, २०८३ मा प्रकाशित
कागेश्वरी मनोहरा नगर अस्पतालको सेवा आइतबार पनि यथावत्
काठमाडौं, वैशाख १८ :

कागेश्वरी मनोहरा नगर अस्पतालले आइतबारका दिन समेत सम्पूर्ण स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। 

बिरामीको चाप तथा सेवाग्राहीहरूको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालले सम्पूर्ण स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलद्वारा जारी सूचनामा आइतबार पनि सबै सेवा पूर्ववत् रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ। यस विषयमा सेवाग्राहीहरूलाई पुनः जानकारी गराउने उद्देश्यले सूचना सार्वजनिक गरिएको अस्पताल प्रशासनले जनाएको छ।

सरकारले इन्धन खपत न्यूनीकरण गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरे पनि अधिकांश स्वास्थ्य संस्थाहरूले आइतबार सेवा निरन्तर दिँदै आएका छन्। सोही क्रममा कागेश्वरी मनोहरा नगर अस्पतालले पनि आफ्ना स्वास्थ्य सेवा अविच्छिन्न रूपमा सञ्चालन गरिरहेको जनाएको छ।

बिदाका दिनमा समेत अस्पताल खुल्दा आकस्मिक तथा नियमित उपचार आवश्यक पर्ने बिरामीहरूलाई सहज हुने अस्पतालले विश्वास लिएको छ। यस नगर अस्पतालमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध रहेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार