राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडैलले आज आइतबार उक्त अध्यादेश जारी गरेका हुन् ।
योसँगै राष्ट्रपतिबाट ६ वटा अध्यादेश जारी भइसकेका छन्। यसअघि सार्वजनिक खरिद (दोस्रो संशोधन), सहकारी (पहिलो संशोधन), सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) लगायतका अध्यादेशहरू पनि जारी भएका थिए। साथै, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति र विश्वविद्यालयसम्बन्धी अध्यादेश पनि जारी गरिएका छन्।
यता, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने राष्ट्रपतिले कानुनी परामर्शपछि पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका छन्। सरकारले राष्ट्रपतिसमक्ष ८ वटा अध्यादेश पठाएकोमा ६ वटा प्रमाणीकरण भइसकेका छन् भने एउटा अझै विचाराधीन रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।