बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राष्ट्रपतिद्वारा ‘केही नेपाल ऐन संशोधन अध्यादेश’ जारी

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० वैशाख, २०८३ मा प्रकाशित
राष्ट्रपतिद्वारा ‘केही नेपाल ऐन संशोधन अध्यादेश’ जारी
काठमाडौै, वैशाख २० :

राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडैलले आज आइतबार उक्त अध्यादेश जारी गरेका हुन् ।

योसँगै राष्ट्रपतिबाट ६ वटा अध्यादेश जारी भइसकेका छन्। यसअघि सार्वजनिक खरिद (दोस्रो संशोधन), सहकारी (पहिलो संशोधन), सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) लगायतका अध्यादेशहरू पनि जारी भएका थिए। साथै, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति र विश्वविद्यालयसम्बन्धी अध्यादेश पनि जारी गरिएका छन्।

यता, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने राष्ट्रपतिले कानुनी परामर्शपछि पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका छन्। सरकारले राष्ट्रपतिसमक्ष ८ वटा अध्यादेश पठाएकोमा ६ वटा प्रमाणीकरण भइसकेका छन् भने एउटा अझै विचाराधीन रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार