काठमाडौं, वैशाख २३ :

नेपाल विद्युत् प्राधिकरणमा नेतृत्व परिवर्तन भएको छ। वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ बमोजिम यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्र देव शाक्य पदमुक्त भएपछि श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो। नयाँ जिम्मेवारीसँगै श्रेष्ठले प्राधिकरणको दैनिक कार्य सञ्चालन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।