बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद क्रिकेट

इन्दु बर्माको कप्तानीमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

१४ सदस्यीय नेपाली महिला खेलाडीको नाम सार्वजनिक
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ वैशाख, २०८३ मा प्रकाशित
इन्दु बर्माको कप्तानीमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा
काठमाडौं, वैशाख २३ :

 नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले १४ सदस्यीय नेपाली महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । वैकल्पिकमा भने चार जना छन् ।

टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्नेछिन् । सो टोलीमा विन्दु रावल, सम्झना खड्का, रुवी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सीता राना मगर, अनु कडायत, मनीषा उपाध्याय, रुविना क्षेत्री, सोनी पाख्रिन र सीमा केसी समावेश छन् ।

त्यसैगरी वैकल्पिक खेलाडीका रूपमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउदलाई राखिएको क्यानले जनाएको छ । मलेसियामा हुने एसियन गेम्स छनोट मे २३ देखि ३१ तारिखसम्म हुँदैछ भने प्रिमियर कप आगामी जुन १ देखि १३ सम्म हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार