बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी #आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी
समाचार प्रदेश गण्डकी प्रदेश

हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ वैशाख, २०८३ मा प्रकाशित
हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
फाइल तस्बिर ।
मुस्ताङ, वैशाख २४ :

हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ । मनाङबाट थोरङपास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरुको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको हो ।

बुधबार मध्याह्न बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ र थोरङलापास क्षेत्रमा हिमपात भएको थियो । भारतको केरला बस्ने २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्र बिन्दु हिमपातका कारण बारागुङ मुक्तिक्षेत्र–२ स्थित चिसापानी भन्ने स्थानमा पदमार्ग पहिल्याउन नसकी अलपत्र परेका थिए । उनीहरुको बुधबार साँझ उक्त स्थानबाट सकुशल उद्धार गरिएको नेपाली सेनाको इन्द्रबक्स गणले जनाएको छ ।

यसअघि राउण्ड अन्नपूर्ण चर्कीय पदमार्गअन्तर्गत मनाङदेखि थोरङपास हुँदै मुस्ताङ प्रवेश गर्दै गरेका भारतीय दुई पदयात्री हिमपातका कारण पदमार्ग पहिल्याउन नसकी अलपत्र परेको सूचना भारतीय पदयात्री मित्र बिन्दुद्वारा जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई जानकारी गराइएको थियो ।

संयुक्त उद्धार टोलीले हिमपात भइरहेको स्थान बारागुङ मुक्तिक्षेत्र–१ थोरङ्पासको तल्लो क्षेत्र ड्रम क्याम्पबाट साँझ करिब ८ बजे फेला पारी सकुशल उद्धार गरेको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार