सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार शिक्षा

दुई दिनभित्र एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको हुँदा नतिजा प्रक्रिया छिटो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ वैशाख, २०८३ मा प्रकाशित
दुई दिनभित्र एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
भक्तपुर, वैशाख २७ :

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने घोषित कार्यतालिका अनुसार तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

यस वर्ष एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन फाराम भरेका थिए।

बोर्डका अनुसार यसपटक उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको कारण नतिजा तयारी प्रक्रिया छिटो भएको हो। केन्द्रमै परीक्षण प्रणाली लागू गरिएकाले उत्तरपुस्तिका ढुवानी, व्यवस्थापन तथा परीक्षणमा लाग्ने समय घटेको बोर्डको भनाइ छ।

नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेकाले प्राविधिक परीक्षण र विवरण प्रमाणीकरणको काम भइरहेको जनाइएको छ। बोर्डले नतिजा वेबसाइट तथा एसएमएसमार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाउँदैछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार