नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १९ जना महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।
पार्टीभित्र समानान्तर महाधिवेशनको तयारी अघि बढाइरहेका बेला सभापति थापाले १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका छन् । मनोनयनमा देउवा र शेखर कोइराला पक्षका नेताहरूलाई पनि समेटिएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारीअनुसार पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम महेन्द्र यादव धनुषा, जीवन परियार कास्की, उमेश श्रेष्ठ चितवन, रमेश रिजाल पर्सा, सुजाता कोइराला मोरङ, दिलेन्द्रप्रसाद बडु दार्चुला, डाक्टर चन्द्रकान्त भण्डारी गुल्मी, अजयकुमार चौरासिया पर्सा, लक्ष्मी परियार उदयपुर, आङ्गेलु शेर्पा सोलुखुम्बू, दिनेशकुमार यादव सप्तरी, राजीव कोइराला सुनसरी, राजीव ढुङ्गाना सुनसरी, गोविन्दराज पोखरेल प्युठान, सुशीला मिश्र भट्ट कैलाली, नागिना यादव महोत्तरी, दिनेश कोइराला चितवन, डा जीवन राना कैलाली र सीता थपलिया (उर्मिला) धादिङलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका हुन् । यीमध्ये मनोनयनमा देउवा पक्षका ११ , शेखर पक्षका ७ र शशांक कोइराला पक्षका १ जना परेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले पहिलोपटक कार्यसमितिमा १९ जनालाई मनोनित गरेका हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ