बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

कामु प्रधानन्यायाधीश मल्लको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ वैशाख, २०८३ मा प्रकाशित
कामु प्रधानन्यायाधीश मल्लको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति
काठमाडौं, वैशाख २९ :

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको पछिल्लो अभिव्यक्तिप्रति प्रतिनिधिसभा बैठकबाटै आपत्ति जनाएको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले कानुन दिवसको अवसरमा मल्लले वर्तमान सरकार र रास्वपालक्षित टिप्पणी गरेको भन्दै आलोचना गरे।

पराजुलीले दलगत कोटाबाट न्यायाधीश नियुक्त गर्ने प्रवृत्तिले न्यायालय दूषित बनेको आरोप लगाए। उनले कामु प्रधानन्यायाधीश मल्ल विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदा आचारसंहिताको ख्याल नगरेको पनि आरोप लगाए। कानुनले प्रतिबन्धित गरेको विषयलाई ब्यानरमा राखेर आयोजना गरिएको कार्यक्रममा समेत उनी सहभागी भएको पराजुलीको भनाइ थियो।

पराजुलीले न्यायाधीशहरू आचारसंहिताभन्दा बाहिरका कार्यक्रममा सहभागी नहुने विश्वव्यापी अभ्यास रहेको उल्लेख गर्दै मल्लको भूमिकाप्रति असन्तुष्टि जनाए।

साथै उनले व्यापारिक घरानाले आयोजना गरेको कार्यक्रममा समेत मल्ल सहभागी भएको उल्लेख गर्दै सडकबाट दुईतिहाइको सरकारलाई लल्कार्ने अभिव्यक्ति दिनु न्यायपालिकाको गरिमाअनुकूल नभएको टिप्पणी गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार