बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गर्न निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० वैशाख, २०८३ मा प्रकाशित
महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गर्न निर्देशन
महेन्द्रनगर, वैशाख ३० :

कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गरिने भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले आज सूचना जारी गर्दै महेन्द्र राजमार्ग (गड्डाचौकी–अत्तरिया–चिसापानी) सडक सीमा सडक केन्द्रबाट २५/२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा, संरचना हटाउन १५ दिनको समयसीमा तोकेको छ ।
    
सडक विभागको स्वीकृतिबिना अस्थायी-स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु बिक्रीमा राख्ने, ढल तथा पानी सडक किनाराको नालामा मिसाउनेलगायतका कार्य नगर्न आग्रहसमेत गरेको छ ।
    
जारी सूचनामा राजमार्गको सडक क्षेत्रमा बनेका अस्थायी÷स्थायी संरचना, टहरालगायत अन्य संरचनाहरु भत्काउन वा हटाउन १५ दिनको समय दिइएको छ । तोकिएको समयावधिभित्र सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३) बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने चेतावनीसमेत दिइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार