बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

राजनीतिमा संलग्न कर्मचारीलाई सेवाबाट हटाउन सकिने सरकारको चेतावनी

संगठनको सदस्यता लिने कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० वैशाख, २०८३ मा प्रकाशित
राजनीतिमा संलग्न कर्मचारीलाई सेवाबाट हटाउन सकिने सरकारको चेतावनी
काठमाडौं, वैशाख ३० :

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न भए सेवाबाट हटाउन सकिने चेतावनी दिएको छ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन, आचरण तथा राजनीतिक तटस्थतासम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो।

सूचनामा नेपालको संविधान तथा निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार कुनै पनि निजामती कर्मचारी राजनीतिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।

मन्त्रालयका अनुसार निजामती कर्मचारी कुनै राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनमा आबद्ध हुन, सदस्यता लिन तथा राजनीतिक गतिविधिमा सहभागी हुन पाउने छैनन्। साथै राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा समेत कानुनबमोजिम कारबाही गरिने उल्लेख गरिएको छ।

सूचनामा राजनीतिक दल वा त्यससँग सम्बन्धित संगठनमा आबद्ध हुने, राजनीतिक गतिविधिमा सहभागी हुने तथा संगठनको सदस्यता लिने कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ।

मन्त्रालयले निजामती सेवाको मर्यादा, निष्पक्षता र सुशासन कायम राख्न सबै कर्मचारीलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार