काठमाडौं, जेठ १ :

संविधान संशोधनबारे छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको निमन्त्रणालाई जेन-जी आन्दोलनका प्रतिनिधिहरूले अस्वीकार गरेका छन् ।

शुक्रबार २५ जना अभियन्ताले संयुक्त वक्तव्य जारी गर्दै नेपालको संविधानलाई समयअनुसार संशोधन गर्नुपर्ने धारणामा आफूहरू सहमत रहे पनि राज्यले विगतका आन्दोलन र सहमतिप्रति जिम्मेवारी देखाउनुपर्ने सर्त राखेका छन् । अभियन्ताहरूले संविधान संशोधनका लागि सरकारले 'टिके' प्रणालीमा नभई एक उच्चस्तरीय सुझाव आयोग गठन गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

अभियन्ताहरूले गत मंसिर २४ गते सरकारसँग भएको १० बुँदे सहमति कार्यान्वयनकोप्रति आपत्ति जनाएका छन् । उनीहरुले सरकारसँग भएको पूर्वसहमति कार्यान्वयन नभएसम्म छलफलमा सहभागी नहुने घोषणा गरेका हुन् । स्थानीय, प्रदेश र संघीय तहमा व्यापक बहस र परामर्शपछि मात्र संशोधन प्रक्रिया अघि बढाउन उनीहरूले सुझाव दिएका छन् ।

संयुक्त वक्तव्यमा अमृता वन, अमित खनाल ‘उर्ज’, अर्णव चौधरी, अरुण सिंह नेपाली, आयुष बर्याल, उपार्जुन चाम्लिङ, कमल मगर, तनुजा पाण्डे, प्रभात लव, प्रज्वल विक्रम राणा, पेमा वाङ्मो लामा, माजिद अन्सारी, मोनिका चौधरी, मोनिका निरौला, यतीश ओझा, यादव अर्याल, रक्षा बम, रिजन राना मगर, रुक्साना कपाली, लक्ष्मी घिमिरे, विफ्लवी न्यौपाने, सरिस्मा थापा, सांकेन राई र सुदीप सेठलगायत २५ जनाले हस्ताक्षर गरेका छन् ।

Gen-G activists announce they will not attend the government-called discussion on constitutional amendment
Gen-G activists announce they will not attend the government-called discussion on constitutional amendment
Gen-G activists announce they will not attend the government-called discussion on constitutional amendment