बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ #प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ
समाचार शिक्षा

प्रतिबन्धविरुद्ध विद्यार्थी संगठन प्रतिरोधमा उत्रिए

विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ जेठ, २०८३ मा प्रकाशित
प्रतिबन्धविरुद्ध विद्यार्थी संगठन प्रतिरोधमा उत्रिए
काठमाडौं, जेठ १ :

संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठनमाथिको प्रतिबन्धविरुद्ध प्रतिरोध गर्ने घोषणा गर्दै ६२ औं विद्यार्थी दिवस मनाएको छ । 

विद्यार्थी दिवसका अवसरमा शुक्रबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसबाट प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पससम्म विरोध र्याली निकाल्दै संयुक्त विद्यार्थी संगठनले प्रतिबन्धविरुद्ध प्रतिरोध गर्ने घोषणा गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले सरकार तिम्रो बहादुरी लिपुलेकमा देखाउ, विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर, विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विरोध र्यालीपछि आयोजित कार्यक्रममा विद्यार्थी नेताहरुले विद्यार्थीहरुको अधिकार कटौति गर्ने काम स्वीकार्य नहुने धारणा राखेका छन् ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष दीपक धामीले मुलुकको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका अध्ययन गर्न सरकारलाई सुझाव दिए। विद्यार्थीहरुलाई बोल्न बन्देज लगाउन खोजिएको भन्दै यसबिरुद्ध सशक्त आवाज उठाउने उनले बताए । उनले बिगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै विद्यार्थी आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने समेत धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार