शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार

योग्य कामदारलाई बेवास्ता गरी नयाँ भर्ना लिन खोजिएकोमा युवाहरुको विरोध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ जेठ, २०८३ मा प्रकाशित
योग्य कामदारलाई बेवास्ता गरी नयाँ भर्ना लिन खोजिएकोमा युवाहरुको विरोध
काठमाडौं, जेठ ५ :

इजरायलमा रोजगारीका लागि विगत दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई बेवास्ता गरी नयाँ भर्ना लिन खोजिएकोप्रति आपत्ति जनाउदै प्रक्रिया पूरा गरेका युवाहरुले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले इजरायल रोजगारी खोल्दा नयाँ भर्ना भन्दा पनि पहिले नै सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा रहेका योग्य कामदारहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

उनीहरुले के हामी योग्य होइन र सरकार?, हामी योग्य उम्मेदवारहरुलाई प्राथमिकता दे सरकार लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका युवाहरुले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिन सरकारसंग आग्रह गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार