बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ जेठ, २०८३ मा प्रकाशित
धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो
काठमाडौं, जेठ ७ :

टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर टहरा हटाइएको छ ।

सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर–टहरा हटाएको हो । यसअघि १५ दिने सूचना जारी गरी अतिक्रमित घर–टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर–टहरा, कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत उक्त कदम चालिएको बताए । नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा कानुनी व्यवस्था पालना गर्न सबैलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार