जगत्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती महास्वामीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गत निर्माण गरिएको बाल अस्पताल भवनको उद्घाटन गरेका छन्। बुढानीलकण्ठ नगरपालिका–७, हेपाली हाइटस्थित अस्पताल परिसरमा आयोजित विशेष समारोहबीच भवन समुद्घाटन गरिएको हो।
उक्त भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङको सहयोगमा निर्माण गरिएको हो। व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केटले भवन निर्माणका लागि रु ७१ करोड ४ लाख ४२ हजार २४४ खर्च गरेको जनाएको छ।