बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
समाचार प्रदेश लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ जेठ, २०८३ मा प्रकाशित
लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
रुपन्देही, जेठ ११ :

कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार लुम्बिनी प्रदेशसभामा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पर्यटन क्षेत्रको प्रवर्द्धन, सडक तथा अन्य पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सुशासनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय समेटिएको प्रदेश प्रमुख घर्तिमगरले बताए ।

प्रदेश सरकारले उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई रूपान्तरणकारी कार्यक्रमको रूपमा सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई कृषि र अन्य उद्यममा आकर्षित गर्न प्रविधि र स्टार्टअप सहयोग सहितका कार्यक्रम ल्याइने जनाएको छ भने सरकारले घोषणा गरेको भिजिट नेपाल २०८५ बाट लाभ लिन एकीकृत पर्यटन डिजिटल प्लेटफर्म मार्फत प्रचारप्रसार गरिने प्रदेश प्रमुख घर्तिमगरले बताए ।

प्रदेशका पराम्परागत बस्तीको संरक्षण गरिने, पहाडमा छरिएका बस्तीलाई एकीकृत गर्ने, एक जिल्ला एक नमूना बस्ती कार्यक्रम, एक घर एक धारा लगाएतका विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको प्रदेश प्रमुख घर्तिमगरले बताए । 

त्यस्तै युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको उनले उल्लेख गरे । पूर्वाधारतर्फ अधुरा आयोजनाहरूलाई छिटो सम्पन्न गर्ने समेत प्रदेश सरकारको कार्यक्रममा उल्लेख छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार