बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
खेलकुद फुटबल

काभा महिला भलिबल : भारत सेमिफाइनलमा प्रवेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ जेठ, २०८३ मा प्रकाशित
काभा महिला भलिबल : भारत सेमिफाइनलमा प्रवेश
काठमाडौं, जेठ ११ :

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै समूह बिजेता बन्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेलमा भारत २५–१४, २६–२४ र २५–१३ ले बिजयी भयो । समूह ए मा भारतसंगै नेपाल पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पराजित किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै सोमबार भएको पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै  श्रीलंकाले सान्त्वना जित निकाल्यो । समूह चरणको अन्तिम खेलमा श्रीलंकाले २५–१९, २५–९ र २५–१३ को जित निकालेको हो । 

समूह बी बाट कजाखस्तान र इरान सेमिफाइनल प्रवेश गरिसकेका छन् । चार टीमबीच वर्गीकरण राउन्ड पछि जेठ १४ गते बिहीबार सेमिफाइनल खेल हुने भलिबल संघले जनाएको छ । फाइनल खेल भने जेठ १५ गते शुक्रबार हुने छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार