आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै माइतीघरमा काँग्रेसको प्रदर्शन

अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ जेठ, २०८३ मा प्रकाशित
ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै माइतीघरमा काँग्रेसको प्रदर्शन
काठमाडौं, जेठ १४ :

 ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ ।

ट्रेड युनियन अधिकार रक्षार्थ एवं श्रमिकमैत्री बजेटका लागि भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म खवरदारी अभियानसहित प्रदर्शन गरेको हो । उनीहरुले ट्रेड युनियन अधिकार हनन गर्न पाइदैन, राष्ट्रिय श्रम आयोग गठन गर, सहकारी पीडितलाई न्याय देउ, उपदान पेन्सनमा लगाइएको कर खारेज गर, जीउन पुग्ने पारिश्रमिक कायम गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अन्तराष्ट्रिय कानुनको समेत उलंघन गर्दै ट्रेड युनियन अधिकार खारेज गर्ने काम उचित नभएको बताए । उनले ट्रेड युनियन अधिकारलाई विधिसम्मत ढंगले अघि बढाउन सरकारसँग छलफल गर्न आफूहरु तयार रहेको उल्लेख गरे ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार