बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश बागमती प्रदेश

ब्रह्मखेलस्थित गाईगोठमा आगलागी, एक महिला बेहोस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ जेठ, २०८३ मा प्रकाशित
ब्रह्मखेलस्थित गाईगोठमा आगलागी, एक महिला बेहोस
काठमाडौं, जेठ १४ :

कागेश्वरी मनोहरा नगरपालिका–४ ब्रह्मखेलस्थित थापा डाँडा मुनि रहेको एक गाईगोठमा आगलागी भएको छ। स्थानीय मधु गौतमको गाईगोठमा शनिबार अचानक आगलागी भएको हो।

आगलागी हुँदा गोठभित्र रहेका ६ वटा गाईमध्ये एउटा गाई आगोको लप्काले सामान्य घाइते भएको जनाइएको छ। गोठमा राखिएको पराल र भुससमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

शिव मन्दिर नजिकै रहेको उक्त गोठमा लागेको आगो स्थानीय बासिन्दा, सुरक्षा निकाय र नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। नगरपालिकाको दमकल तत्कालै पुगेकाले अन्य संरचना र गोठमा ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ।

आगलागीको घटनापछि घरधनी मधु गौतमकी श्रीमती भगवती गौतम अचानक बेहोस भएकी थिइन्। उनलाई तत्काल उद्धार गरी नगर अस्पताल पठाइएको थियो। उपचारपछि उहाँको अवस्था सामान्य रहेको जनाइएको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

कागेश्वरी नगरपालिकाको दमकल तत्कालै पुगेकाले खबर पाउने बित्तिकै पुगेको नगरपालिकाको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार