बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

दोदा र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ जेठ, २०८३ मा प्रकाशित
दोदा र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरीद्वारा  उद्धार
महेन्द्रनगर, जेठ १६ :

सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ ।

यहाँको पुनर्वास नगरपालिका-९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिचफाँटाको टोलीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ ।

पुनर्वास नगरपालिका-९ हरियालीटोलमा पर्ने बाहुन खोलामा पानीको सतह बढेपछि दाउराघाँस गर्न गएका १५ जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए । उद्धारमा सशस्त्रको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीका साथै नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीयले सहयोग गरेका उनले बताए ।

मनसुन सुरु भएसँगै पहाडी भेगमा वर्षा हुँदा तराईका नदीहरूमा एक्कासि पानीको बहाव बढेर बाढी आउन सक्ने खतरा रहेकाले आमनागरिकलाई सतर्क रहन सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी मुख्यालयले आह्वान गरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार