सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति स्वास्थ्य

अस्पताल प्रशासनले भन्यो- प्रचण्डको स्वास्थ्य अवस्था स्थिर, दुई-तीन दिन अस्पतालमै राख्छौं

उनमा निमोनियाको सङ्क्रमण देखिएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ जेठ, २०८३ मा प्रकाशित
अस्पताल प्रशासनले भन्यो- प्रचण्डको स्वास्थ्य अवस्था स्थिर, दुई-तीन दिन अस्पतालमै राख्छौं
काठमाडौं, जेठ १७ :

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था स्थिर रहेको छ । मेडिसिटी अस्पतालले आज बेलुका अध्यक्ष दाहालको स्पास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको ‘स्वास्थ्य बुलेटिन’ अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेको जनाएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याका लक्षण देखिएपछि अध्यक्ष दाहाल शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । अस्पतालले भनेको छ, “अस्पतालको चिकित्सक टोलीद्वारा गरिएको परीक्षणका क्रममा उनमा निमोनियाको सङ्क्रमण देखिएको छ । यस सम्बन्धमा आवश्यक स्वास्थ्य परीक्षणहरू सम्पन्न गरिएका छन् । 

उपचार प्रक्रिया सुरु गरिएको छ, पूर्णस्वास्थ्य लाभ सुनिश्चित गर्न तथा निरन्तर निगरानी र उपचारका लागि सावधानी स्वरूप उनलाई दुई-तीन दिन अस्पतालमै राखी उपचार गर्नुपर्नेछ ।” 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार