बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

संसद्‌मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन

दोषी सांसदहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ जेठ, २०८३ मा प्रकाशित
संसद्‌मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन
काठमाडौं, जेठ १८ :

सभामुख डोलप्रसाद अर्यालले संसद्‌ बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने र नोक्सानी पुर्‍याउने सांसदहरुमाथि  छानबिन गर्न समिति गठन गरेका छन्।

हिजोको बैठकमा केही सदस्यहरूले आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र संसद् भवनभित्र भौतिक हानी-नोक्सानी पुर्‍याएको विषयमा सभामुखले छानबिन गर्न समिति गठन गरेका हुन्। 

सभामुखको निर्देशन अनुसार प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख रहेका छन्। बैठक समाप्त भएपछि प्राप्त विस्तृत विवरण मुचुल्काका आधारमा सभामुखले उक्त घटनाको थप जाँचबुझ गर्न निर्देशन दिएका थिए।

गठित समितिलाई घटनाको सत्यतथ्य जाँचबुझ गरी सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्न कार्यदेश दिइएको छ। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम दोषी सांसदहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने सभामुख अर्यालले जानकारी गराए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार