
काठमाडौं, जेठ १९ :
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने निर्णय गरेको छ । यही जेठ २५ सम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।
आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले `नेपालले पनि भारतको भूमि मिचेको रहेछ´ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसको सबै विपक्षी दलले एकजुट भएर विरोध जनाउँदै आएका छन् । प्रतिनिधि सभा नियमावली जबर्जस्ती पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
प्रधानमन्त्री शाहले संसदमा आएर माफी नमागुञ्जेलसम्म कांग्रेसले संसद् र समिति बैठक बहिष्कार गर्नेछ ।