मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

निर्णय फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई तत्कालको सङ्कट टर्यो

निर्णय फिर्ता लिएको जानकारी आए पनि प्रक्रिया रोकिने छैन: दिवानसिंह विष्ट
सक्रिय न्युज · बुधबार, २० जेठ, २०८३ मा प्रकाशित
निर्णय फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई तत्कालको सङ्कट टर्यो
सुदुरपश्चिम, जेठ २० :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका एक सदस्यले आफ्नो निर्णय फिर्ता लिएसंगै पार्टीको संसदीय दलभित्र देखिएको सङ्कट तत्काललाई टरेको छ ।

प्रस्ताव फिर्ता लिनुभएकी प्रदेशसभा सदस्य डम्मरी महराले  पार्टी एकता र बजेट कार्यक्रम निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था आएकाले आफूले निर्णय फिर्ता लिएको जानकारी गराए । पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री शाहले असन्तुष्ट सांसदसँग छलफल संवाद गरिने बताए । यसअघि दलका नेता शाहलाई हटाउन हिजो कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

कांग्रेस नेता एवं प्रदेशसभा सदस्य दिवानसिंह विष्टले विधानअनुसार दलको नेता हटाउन दर्ता गरिएको अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्ने र गोप्य मतदानबाट निर्णय हुने भएकाले नेता परिवर्तन हुने दाबी गरे ।

उनले भने, “प्रदेशसभा संसदीय दलमा हामी नौ जना बहुमत सदस्यले नेता परिवर्तनका लागि नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छौँ, माननीय डम्मरी महराले आफ्नो निर्णय फिर्ता लिएको जानकारी आए पनि प्रक्रिया रोकिने छैन ।”

प्रदेशसभामा कांग्रेसका १८ सदस्य छन् । कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा लामो समयदेखि विदेशमा छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनमा शाह नेतृत्वको सरकार छ । नेताबाट हटाउन विष्टसहित मानबहादुर रावल, गीताकुमारी चौधरी, तुल्सी देवकोटा, जुनाकुमारी दानी, ललिता सुनार, पदमबहादुर शाही, बेलबहादुर रानामगर र डम्मरी महराले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरिएको थियो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा एक सदस्य निलम्बनमा छन् । स्वतन्त्र सदस्य डा तारा जोशीले केही महिनाअघि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार