
विशेष अदालतले मधेस प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई चार वर्ष एक महिना कैद सुनाएको छ। जेठ ४ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै मंगलबार सजाय निर्धारण गरेको हो। जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशका
विशेष अदालतका न्यायाधीशहरू सुर्दशनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तिराउने पनि फैसला गरेको छ। जनता समाजवादी पार्टी नेपालका सांसद एवं मधेस प्रदेशका पूर्वराज्यमन्त्रीसमेत रहेका सिंहले संसद् विकास कोषको विकास आयोजनामा उपभोक्ता समितिबाट ३८ लाख ५० हजार ३३९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।
उनले आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत रकम आफ्नो र श्रीमतीको नाममा रहेको खातामा जम्मा गरेको अख्तियारको आरोप थियो। अख्तियारले सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।