बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ जेठ, २०८३ मा प्रकाशित
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
काठमाडौं, जेठ २२ :

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गते राति १२ बजेसम्मका लागि समय थप गर्ने निर्णय गरेको जानकारी दिए ।

कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिकको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको जनाएको छ । विभिन्न तहबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त भएकाले अन्तिम पटकका लागि म्याद थप गरिएको उनले बताए ।

“विभिन्न तहबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि आगामी जेठ २८ गते राति १२ बजेसम्म अन्तिम पटकका लागि कायम गरेका छौँ”, कावा मुख्यसचिव दुलालले भने।

कांग्रेसले निर्धारित अवधिभित्र आआफ्नो सदस्यता अद्यावधिक गर्ने कार्य अनिवार्य रूपमा सम्पन्न गर्न सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार