
जेठ २५ :
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल काममा फर्किएकी छन्। २० दिनको बिदा सकिएसँगै उनी आजदेखि काममा फर्किएकी हुन्। उनी काममा फर्किएसँगै दुई वटा पेसी तोकिएको छ।
सरकारले वरिष्ठता मिच्दै प्रधानन्यायाधीशमा डा. मनोशकुमार शर्मालाई नियुक्त गरेपछि केही असन्तुष्ट देखिएकी मल्ल गत जेठ ६ गतेदेखि २० दिनको बिदा लिएर बसेकी थिइन्।
सरकारले वरीष्ठता मिच्दै चौथो नम्बरमा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाएको थियो। रोलक्रमअनुसार पहिलोमा मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाल थिए। यसअघि उनी कायममुकायम प्रधानन्यायाधीश थिइन्।