काठमाडौं, जेठ २५ :

प्रतिनिधिसभाको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । विपक्षी दलको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको बैठक त्यसपछि पनि चल्न सक्ने स्थिति नभएपछि संसद् सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधिसभा बैठक मंगलबार १ बजेका लागि बस्ने गरी सूचना टाँसेका हुन् । 'विशेष कारणले' बैठक बस्न नसक्ने भन्दै सूचना टाँसिएको हो ।

नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा विपक्षी दलहरूले जवाफ माग गरिरहेका छन् । प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा भारतले नेपालको भूमिमात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए ।

House of Representatives meeting adjourned with notice