बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधिमन्त्रीमा महावीर पुनको शपथ हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ जेठ, २०८३ मा प्रकाशित
गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधिमन्त्रीमा महावीर पुनको शपथ हुँदै
काठमाडौं, जेठ २६ :

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुन: गृहमन्त्रीमा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सिफारिस बमोजिम उनीहरुलाई दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ गराउने तयारी छ ।

गुरुङको सम्बन्धमा छानबिन गर्न गठित समितिले शुक्रबार प्रधानमन्त्रीसमक्ष बुझाएको प्रतिवदेनमंगलबार मन्त्रिपरिषद्ले ग्रहण गरेको थियो । सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि गुरुङले राजीनामा दिएका थिए । पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षताको समितिले गुरुङको सम्पत्ति छानबिन गरेको थियो ।गुरुङले छानबिन समितिबाट आफूले क्लिन चिट पाउने र पुन: गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताउँदै आएका थिए । उनैलाई गृहमन्त्रालयको जिम्मेवारी सुम्पन प्रधानमन्त्रीले कसैलाई नदिएर आफैंसँग राखेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार