बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश कोसी प्रदेश

कोसी प्रदेश सरकारले चालु आर्थिक वर्षकोभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ जेठ, २०८३ मा प्रकाशित
कोसी प्रदेश सरकारले चालु आर्थिक वर्षकोभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने
मोरङ, जेठ २७ :

 कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढाएकाले करिब ३८ अर्बको हाराहारीको बजेट आउन सक्ने कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले जानकारी दिए ।

उनले प्रदेश प्रति जनआस्था बढाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाले सोहि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताए ।

संघीय सरकारले ल्याएको बजेटमा शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क र ५० युनिट भन्दा बढी बिजुली खपत गर्नेलाई ५ प्रतिशत भ्याट लगाउने नीति ल्याएपछि प्रदेश सरकारले निम्न मध्यम वर्ग तथा सुकुम्बासीलाई दृष्टिगत गरेर केही राहतका कार्यक्रम पनि ल्याउन लागेको मन्त्री लिङ्थेपले उल्लेख गरे ।

अघिल्लो वर्ष करिब ८० प्रतिशतसम्म बजेट खर्च भएकोमा चालू आर्थिक वर्षमा करिब ७० प्रतिशत मात्र बजेट खर्च हुने अनुमान छ । गत बैशाख मसान्त सम्म कोसी प्रदेश सरकारको संचित कोषमा करिब १२ अर्ब ८१ करोड ४१ लाख रुपैया नगद मौज्दात रहेको बताइएको छ । कोसी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३६ अरब २ करोड २ लाख रुपैया बराबरको बजेट ल्याएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार