मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
समाचार

पलासेँमा दुर्घटनामा १४ जना घाइते, विभिन्न अस्पतालमा उपचार हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ जेठ, २०८३ मा प्रकाशित
accident-nepali
भक्तपुर, जेठ २८ :

भक्तपुरको जगातिबाट काभ्रेको साँगातर्फ गइरहेको बा५ख ४७८१ नम्बरको मयुर बसले सूर्यविनायक नगरपालिका–१० पलासँेमा विपरीत दिशातर्फबाट आइरहेको बा३ख ७७९३ नम्बरको माइक्रोबसलाई ठक्कर दिई दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये सुनसरी धरान उमनपा–१६ घर भई हाल काठमाडौँ चावहिल बस्ने ४६ वर्षका लाक्पा डिकी शेर्पा, काठमाडौँ बूढानीलकण्ठ बस्ने २९ वर्षीया मन्दिरा राई, सञ्जिता राई, काभ्रे नमोबुद्ध नगरपालिका–८ भकुण्डेबेँसीका ५३ वर्षीया कमला अधिकारी, सुनसरी धरान उमनपा–१६ घर भई हाल काठमाडौँ चावहिल बस्ने २२ वर्षीय पासाङ शेर्पाको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए।

सोही दुर्घटनामा गम्भीर घाइते भएका माइक्रोबसका चालक काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ थानकोटका ४९ वर्षीय कृष्ण श्रेष्ठ, सहचालक धादिङ ज्वालामुखी गाउँपालिका–५ घर भई हाल काठमाडौँ नेपालटार बस्ने २३ वर्षीय रबिन अधिकारीको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिए ।

घाइतेमध्ये उदयपुर कटारी नगरपालिका–३ घर भई हाल काठमाडौँ कपन बस्ने ३४ वर्षीया सरिता राउत, सुनसरी धरान नगरपालिका–५ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने २९ वर्षीय रोशन लिम्बू, सुनसरी धरान उपमनपा–१७ घर भई हाल काठमाडौँ बालाजु बस्ने ३५ वर्षीय सञ्जय राई, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ घर भई हाल भक्तपुर राधेराधे बस्ने ८१ वर्षीय तारानाथ चौलागाईँ, धरान उमनपा–१० घर भई हाल काठमाडौँ माछापोखरी बस्ने २८ वर्षीया ममता लिम्बू,  सुनसरी धरान  उपनपा–१० घर भई हाल काठमाडौँ माछापोखरी बस्ने ७३ वर्षीय चित्रबहादुर राई,  सुनसरी धरान उमनपा–१० घर भई हाल काठमाडौँ माछापोखरी बस्ने छ वर्षीया ट्रेसेशा राईको उपचार जगातिस्थित सूर्यविनायक नगर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई प्रहरी बृत्त जगाति राखेर थप अनुस्न्धान गरिरहेको जानकारी दिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार